ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चगरको बार्षिक सामाजिक लेखा परिक्षण सोमबार सम्पन्न भएको छ । कार्यक्रममा संस्था द्वारा आर्थिक बर्ष २०७७÷०७८ मा समुदायमा संचालित बिभिन्न परियोजना हरुको कार्यक्रमका बारेमा जानकारी गराईएको थियो ।
संस्थाका सचिव होमराज कुँवरको अध्यक्षता प्रतापपुर गाउपालिका कि कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चौधरी को प्रमुख आतिथ्यता यबम पाल्हीनन्दन गाउँपालिका कि उपाध्यक्ष पाबित्रि कोँहार को बिशेष आतिथ्यता मा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपाल सरकारले गर्नुपर्ने काम एउटा एनजिओले सफल रुपमा गरिरहेको बताउदै कुनै पनि बिपद पर्दा पालिकामा ईन्द्रेणीले नै सहयोग गरेको बताउनु भयो । सोही अबसर मा कार्यक्रमका बिशेष अतिथि पाबित्रि कोँहारले ईन्द्रेणीले संचालन गरेका कार्यक्रमले समुदायमा परिवर्तन आएको बताउदै कार्यक्रम लाई निरन्तरता दिन अनुरोध गर्नु भयो ।
त्यस्तै कार्यक्रमका अर्का बिशेष अतिथि प्रतापपुर गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत कुन्दन कुमार सिंहले संस्थाले स्वास्थ्य क्षेत्र लगायत अन्य जनचेतना मुलक काम मा उल्लेखनीय प्रगति गरेको बताउनु भयो । बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थागत परिचय तथा उदेश्य का बारेमा ईन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्रि प्रसाद सुबेदीले प्रस्तुतीकरण गर्दै संस्था द्वारा संचालित बिभिन्न परियोजनाबाट आर्थिक बर्ष ०७७।७८मा करिब ५ करोड ७० लाख रकम बराबर को कार्यक्रम सन्चालन गरिएको बताउनु भयो ।

सो अबसर मा मंच द्वारा सन्चालित एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजनाले संचालन गरेका कार्यक्रमका बारेमा परियोजना संयोजक सुर्य गैरे, आधारभुत स्वास्थ्य परियोजनाका क्रियाकलापका बारेमा परियोजनाका लेखा अधिकृत ददिराम पौडेल, सुरक्षित आप्रबासन परियोजना सामी का कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी र सस्था को बित्तिय प्रस्तुतीकरण लेखा अधिकृत रबिन्द्र सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेल, युनाईटेड मिसन टु नेपालका स्वास्थ्य कार्यक्रम प्रबन्धक ईश्वर केसि, सेवाग्राही गुड्डु कमकर लगाएतले मन्त्ब्य राख्नु भएको थियो।सस्था का पदाधिकारी,कर्मचारी ,सेवा ग्राही ,र विभिन्न पालिका का स्वास्थ प्रतिनिधि ,पत्रकार लगायत को सहभागिता रहेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासी कि उपाध्यक्ष मालती न्यौपाने ले गर्नु भयेको थियो कार्यक्रम को सन्चालन एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना कि फिल्ड सुपरभाइजर सपना श्रेष्ठले गर्नु भयेको थियो ।
Ramu Bhusal








Be First to Comment