Press "Enter" to skip to content

बाल विवाह तथा विभिन्न समस्यामा आधारित स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी / किशोर किशोरीहरुलाई विभिन्न समाग्रि हस्तान्तरण कार्यक्रम, News of Nepal

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा बाल विवाह तथा विभिन्न समस्यामा आधारित स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी सम्पन्न भएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र एकता किशोर किशोरी संजाल पाल्हिनन्दन -५ काे अायाेजनामा बाल विवाह तथा विभिन्न समस्यामा आधारित स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी सम्पन्न भएको हाे ।

युवाहरुकाे साझेदारी सामुदाय विकासमा जिम्मेवारी भन्ने मुल नाराकाे साथ बाल विवाह तथा विभिन्न समस्यामा आधारित सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएकाे हाे। संजालका अध्यक्ष हेमलता गुप्ताको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख अतिथता र प्रमुख प्रशासकिय अधिकृत श्रिप्रसाद गाैतमकाे विशिष्ट अतिथता र एविसि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामिछानेको विशिष्ट अतिथतामा सम्पन्न भएको कार्यक्रममा बाल्दै प्रमुख अतिथि गुप्ताले किशोर किशोरीहरूले स्थानीय समस्या समाधान र विकास कार्यमा सहयोग गर्नका लागि भबिस्यकाे तालनि गर्नु भन्दा बर्तमान लाई उजागर गर्दै समस्या समाधान र विकासमा भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको थियो । साथै किशोर किशोरीहरूले स्थानीय समस्या समाधान र विकास का लागि स्थानीय जनप्रतिनिधि र सराेकारवालाहरुसग्ग बहस तथा पैरवी गरि समस्या समाधान का उपायहरु अपनाउनु पर्ने बताए । किशोर किशोरीहरुले गरेको हरेक काममा सहयोग साथ गर्ने बताउदै किशोर किशोरीहरुकाे समस्यालाई अाफ्नाे समस्या ठानि समस्यालाई समाधान गर्ने बताउनुभएको थियो । उहाँले किशोर किशोरीहरुले गरेको काम प्रतिखुसि ब्यक्त गर्दै गाउँपालिका बाट विभिन्न स्टेसनरी र ल्यापटप , माेडुलर जस्ता सामाग्री सहयोग समेत गरेको बताउनुभएको थियो ।

साे अवसरमा बाेल्दै विशिष्ट अतिथि गाैतमले बाल विवाह तथा समुदायमा दिनप्रतिदिन घटिरहेको अनेकौं घटना र किशोर किशोरीहरुले गर्ने हरेक राम्रो क्रियाकलापमा गाउँपालिका बाट र अाफ्नाे ब्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताउनुभयो । उहाँले किशोर किशोरीहरुकाे समस्यालाई अाफ्नाे समस्या ठानि समाधान गर्ने बताए । साथै किशोर किशोरीहरुले विभिन्न कार्यक्रम सञ्चालन गरि गाउँपालिकालाई सहयोग गर्दै अाएकाे बताउदै किशोर किशोरीहरुकाे अात्मबल बढाउनकाे लागि पालिकाबाट चाहिने हरेक सहयोग गर्ने बताउनु भएको थियो

कार्यक्रममा बाेल्दै बिशिस्ट अतिथि लामिछानेले तालिममा प्राप्त ज्ञान र उपलब्धिहरुले समाज विकासको कार्यमा सहयोग पुग्ने भएको ले किशोर किशोरीहरुले विकासकाे फाटाेमा अगाडि बढनु जरुरि छ।साथै समाजमा भएका विभिन्न समस्या, विकासकाे कार्यहरुलाई सहि मार्ग निर्देशन दिन र किशोर किशोरीहरुले गरेको क्रियाकलापहरुमा स्थानीय सरकारकाे ध्यान पुर्‍याउन हामी सबैकाे साझा दाईत्यव पनि रहेको बताए । यहाले किशोर किशोरीहरुले गरेको हरेक काममा एविसि नेपाल र पाल्हिनन्दन गाउँपालिकाकाे सधै साथ सहयोग रहने बताउदै बाल विवाह जस्ता विभिन्न समस्याहरुकाे समाधानका लागि हामी सबैले मिलेर अावज उठाउन जरुरी रहेको बताउनुभएको थियो । साथै पाल्हिनन्दन गाउँपालिकाले किशोर किशोरीहरुकाे भबिस्य निर्माणका लागि गरेको उदारीकरण सहयोग माथि धन्यवाद समेत दिनुभएकाे थियो ।

abc nepal work

साे कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाले किशोर किशोरीहरुकाे अात्मबल बढाउनकाे लागि र शिक्षाकाे पहुँचमा पुर्‍याउनकाे लागि त्रिपाल ४८ वटा ,ल्यापटप १ वटा ,प्राेजेक्टर १ वटा कपि कलम १८०० पिस ,माेडुलर ६ सेट लगाएतकाे सामाग्री पाल्हिनन्दनका किशोर किशोरीहरुलाई सहयोग गरिएको थियो ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष गाेधन प्रसाद हरिजन, एविसी नेपाल का सुपरभाइजर विष्णु परियार , राजेश आर्या , भाेलेन्टियर बन्दना थारु , लेखा अधिकृत उमेश देवकोटा , कार्यक्रम काेडिनेटर कृति थापा , समाजसेवी पशुपति गुप्ता , पत्रकार महेश यादव लगाएतकाे अतिथिहरुकाे सहभागीता रहेको कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका भित्रका किशोर किशोरीकाे समेत उपस्थिति रहेकाे थियाे। कार्यक्रम सञ्चालन एविसि नेपालका सुपरभाइजर राजमन बरईले गर्नुभएको थियो ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *