Press "Enter" to skip to content

एकैसाथ दुई पालिकामा निःशुल्क आँखा शिविर सुरु, News of Nepal

कपिलवस्तुको दुई नगरपालिकामा नि:शुल्क आँखा शिविर सुरुवात गरिएको छ । शिवराज र बुद्धभुमि नगरपालिकामा १ सय २६ जना बिरामीको आँखा परिक्षण गर्दा २३ जना माेतिया बिन्दुका देखा परेकाे छ ।

बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ छन्द (काले बाबू) नारायणी आँखा अस्पतालको प्राबिधिक सहयोगमा साप्ताहिक आँखा उपचार सेवा शिवराज र बुद्धभुमी नगरपालिकामा शुरु भएको छ । शनिबारबाट सञ्चालन भएकाे आँखा चेकजाँच शिविर कार्यक्रममा अन्तर्गत शिवराजमा ३९ र बुद्धिभुमिमा ८७ जना आँखाका बिरामीले सेवा लिएका छन् । जसमध्ये शिवराजमा १० र बुद्धभुमिमा १३ जना गरि २३ जनामा मोतीया बिन्दु देखा परेको छ ।

शिविरमा निःशुल्क परिक्षण सँगै औषधी समेत उपलब्ध वितरण गर्ने गरिएको बताईएको छ । शिविरमा पत्ता लागेका मोतिया बिन्दुका बिरामीलाई आँखा अस्पतालले निःशुल्क शल्यक्रिया सेवाको लागि छन्द (काले बाबू) नारायणी आँखा अस्पताल बहादुरगंन्ज रिफर गरिएको छन्द (काले बाबू) नारायणी आँखा अस्पताल बहादुरगंन्जका बाहय कार्यक्रम संयोजक डा. उपेन्द्र चन्दले जानकारी दिए ।

free eye checkup nepal

निःशुुल्क आँखा शिविर कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले आँखा सम्बन्धि समस्या भएका नगरवासिलाई उपचारका लागि आउन आग्रह भएको छ । साथै आखा जाँचका गरे पछि अप्रेशन गर्नुपरे नगरपालिकाले निुःशल्क अप्रेशन गर्ने समेत ब्यवस्था मिलाएको श्रेष्ठले बताए । यस्तै शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले नगरका गरिब, दलित र बिपन्न परिवारलाई सेवा प्रवाह गर्ने उद्धेश्यले आँखा शिविर सञ्चालन गरिएको जनाए ।

आखाँ उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको जनाउँदै नगर परिसरमै स्वास्थ्य उपचारका शिविर सञ्चालनमा ल्याएको हुँदा नगरवासीहरुलाई उपचारमा सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जिकिर गरे । नगरपालिकाले प्रत्येक शनिबार नगरपालिकाको कार्यालय परिसरमै निःशुल्क आँखा जाँचको ब्यवस्था मिलाए पछि नगरबासी हर्षित भएका छन् ।

राम अवतार चौधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *