Press "Enter" to skip to content

अनमेल विवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न, The Horizon Times, News of Nepal

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -६ मा अनमेल विवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।
एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्य तथा गुलावजल संवाद केन्द्रकाे अायाेजनामा अनमेल विवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

संवाद सहयोग समितिका अध्यक्ष अब्दुल रउफकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै रउफले अनमेल विवाह गर्दा समाजमा एक नाकारात्मक असर पर्ने बताउदै अनमेल विवाहले समुदायमा बसाेबास गरेको मानिसहरु विच एक अर्का प्रतिकाे नकारात्मक साेच उतपन्न गराउने बताउनुभएको थियो । साथै उहाले अनमेल विवाह गर्दा दामपत्य जिवनमा समेत विभिन्न किसिमको समस्या खडा गर्ने बताए । साथै उहाले किशोर किशोरी र एविसि नेपाललाई यस्तो किसिमकाे जनचेतना फैलाउने गरेकोमा धेरै खुसि ब्यक्त गर्दै धन्यवाद समेत दिएका थिए ।

drama against child marriage

साे अवसरमा अनमेल विवाहको समस्या र चुनाैतिहरु बारे एविसि नेपालका सुपरभाइजर साईदा निशा पठानले प्रष्ट पार्ने भएको थियो । कार्यक्रम संवाद सहयोग समितिका सदस्य सिन्दु कुर्मि , जैतुन निशा ,तैफुन निशा ,पुनम चाैधरी र रमा ठाकुर लगाएकाे अतिथिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन बालिका समृद्धि संवाद केन्द्रका एनिमेटर अायसा खातुनले गर्नुभएको थियो ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *