Press "Enter" to skip to content

देशका जनता अझै नाबालिग, नवलपरासीमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक

पश्चिम नवलपरासीको सरमवल गाउँपालिका वडा नम्बर ५ दुबाैलियामा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको छ।

अादर्श सम्बाद केन्द्र दुबाैलियाकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे सहयोग र सरावल गाउँपालिकाकाे समन्वयमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे।

अादर्श संवाद केन्द्रकाे संवाद सहयोग समिति अध्यक्ष धर्मराज सहानिकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यता र बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

blackmagic program nepal

कार्यक्रममा बाेल्दै उपाध्यक्ष रायले बाेक्सि प्रथा एक समाजिक अपराध रहेको बताउनु भएको हाे । बाेक्सि टाेना रुढीबादी परम्परा भएको हुनाले यसलाई मान्ने र कसैमाथि दाेषाराेपण लगाएकाे खण्डमा कानुनि सजायकाे भागिदार हुने बताउदै याे मानवीय अन्धविश्वास भएकोले बिरामी हुने बितिक्कै स्वास्थ्यकर्मीसंग सल्लाह लि अाैषधि उपचार गराउन अनुरोध गर्नुभएको हाे । साथै बाेक्सि प्रथा विरुद्ध नाटक मार्फत जनचेतना जगाईरहेकाे किशोर किशोरी र एविसि नेपाललाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल,वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानि,वडा नम्बर ३ वडा अध्यक्ष अणेन्द्रनाथ राय ,रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गाैतम,पत्रकार माल्ति न्याैपाने , राष्ट्रिय दैनिकककाे कार्यकारी निर्देशक उमेश कुमार बि.क,गाेबरहिया प्रहरी चाैकी इन्चार्ज सई धर्मबहादुर कुँवर , जनता अधारभुत विद्यालय धनगडवाका ब्यवस्थापन समितिका अध्यक्ष गाेपिचज्द हरिजन , शिक्षक तथा अभिभावक संघका अध्यक्ष श्रिराम गाैड, समाजसेवी दिनेश फाैजदार लगाएतले बाेक्सि समाजमा कुनै पनि ब्यक्ति नरहेकाले यस्ता अन्धविश्वासमा नलाग्न अनुरोध गर्दै अाफ्नाे बिचार ब्यक्त गरेका थिए ।

बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटककाे निर्देशन एबिसि नेपालकाे फिल्ड सुपरभाइजर साइदा निशा पठानले गर्नुभएको थियाे । भने कार्यक्रम सन्चालन पत्रकार महेश यादवले गरेका थिए ।

सुरज यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *