Press "Enter" to skip to content

अवैध रूपमा चुरे क्षेत्रमा उत्खनन तथा फडानी जारी, News of Nepal

चुरे क्षेत्रमा अवैध रूपमा डोजर सञ्चालन गरेर वन बिनास कार्य तिब्र गतिमा अघि बढाएको छ ।

सिरहाको धनगढी माई १२ आहाले बस्तीमा यतिबेला रातको समयमा डोजर लगाएर चुरे क्षेत्रमा रहेको डाँडा तथा भिर पाखा खेतवारीमा परिणत हुन थालेको हो ।

प्राकृतिक रूपमा रहेको बन जंगलमा स्थानीयलाई गाई वस्तु चरी चरणको मूल बाटो अर्थात् जंगल पस्ने बाटोमा स्थानिय फूलगेन महतो र मिश्री लाल महतोले डाँडा डोजरले भत्काउन लगाई बाटो पुरेर खेत बनाएपछि त्यहाँको वास्तविकता बाहिर आएको हो ।

illegal farming in siraha

अवैध रूपमा बन फडानी गरि खेत बनाइरहेको लिखित निवेदन स्थानियले डिभिजन बन कार्यालय लहानमा दर्ता गराएपछि आज दिउँसो ४ बजेको समयमा जिल्ला बन कार्यालय लहान र सब डिभिजन बन कार्यालय धनगढी बाट खटि गएको बन विभागको गस्ती टोलीेले स्थलगत निरीक्षण गरी आहाले बस्तीका स्थानीयलाई चुरे क्षेत्रमा अवैध रूपमा उत्खनन् नगर्न भन्दै स्थानिय फुलगेन र मिश्री लाल महतो माथी कानुनी प्रक्रिया अगाडी बढाउने जिल्ला वन कार्यालय सिरहाले जनाएको छ ।

विनोद मण्डल

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *