Press "Enter" to skip to content

लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक तथा जीवन वृति याेजना बारे छलफल कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ मा लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ । गाेपाल किशोरी संवाद केन्द्रकाे अायाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

सवाद सहयोग समितिका अध्यक्ष नाथु खातिककाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै अध्यक्ष खातिकले समुदायमा लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुकाे संख्या दिनप्रतिदिन बढ्दै गएको छ । लागू पदार्थ सेवन तथा विक्रि वितरणमा राेक लगाउनका लागि जनचेतना जगाउनु हामी सबैकाे दायित्व पनि हाे तर समुदायमा बसाेबास गर्ने मानिसहरुले अाफु पनि सेवन गर्ने र अरुलाई पनि सेवन गर्ने बानि समेत बसाएकाे पाईएकाे छ ।तर काेराेना महामारीको विषय परिस्थितिमा संवाद केन्द्रका किशोरीहरुले स्वस्थ्य सतर्कता अपनाई लागू पदार्थ सेवन विरुद्ध य्रालि तथा नाटक मार्फत जनचेतना जगाईरहेकाे बताउदै किशोरीहरु तथा एविसि नेपाललाई धन्यवाद समेत दिनुभएको थियो ।

abc nepal

साे कार्यक्रम एविसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर बन्दना चाैधरी , एनिमेटर पुजा गुप्ता लगाएतकाे सहभागीता रहेको थियो ।

यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २,५,६ र सरावल गाउँपालिका वडा नम्बर ५ मा जीवन वृति याेजना बारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
एविसि नेपालकाे अायाेजना तथा स्ट्राेम फाउन्डेसनकाे सहयोगमा सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा किशोरीहरुकाे जिवनवृति याेजना बनाउने कार्यक्रम सम्पन्न भएको हाे । जसमा शिक्षक , टेलरमास्टर र डाक्टर बन्ने लक्ष्य राखेकाे किशोर किशोरीहरुकाे जीवन वृति याेजना अभिभावक र किशोरीहरु संग छलफल गरि बनाएको थियो । साे कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई र अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

सुरज यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *