Press "Enter" to skip to content

पाल्हिनन्दन गाउँपालिका संग युवाहरूले मागे तीन बुँदे विवरण, News of Nepal

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न गरेको विभिन्न कार्यहरुकाे खर्च विवरण हाल सम्म प्रकाशित नभएको र जनता समक्ष नअाएकाेलेसम्पूर्ण लागत रकम विवरण र ३ वर्ष बितिसक्दा सार्वजनिक सुनवाइ  नहुनुको कारण सहित युवाहरूले सुचना माग गरेका छन।

Palhinandan scammer

तीन बुदे कार्यको खर्च  विवरण तथा प्रगति सुचना माग गर्दै गाउँपालिकाको कार्यालय बनेको भवनको लागत खर्च विवरण हालसम्म सार्वजनिक नभएकोले सम्पूर्ण खर्च विवरण जनता समक्ष पुग्नुपर्ने भन्दै गाउँपालिकाकाे भवन निर्माणमा लागेको  लागत खर्च रकम जग्गा किनबेच देखी हालसम्म भवनमा लगानी  भएको सम्पूर्ण रकमको विवरणको माग गरेका छन् ।

Palhinandan report

त्यस्तै गाउँपालिकाकाे इन्धनमा अनियमितता भएको आरोप जनताबाट आई रहँदा आर्थिक वर्ष २०७४/०७५, ०७५/०७६ , ०७६/०७७ र ०७७/०७८ सम्म भएको सम्पूर्ण इन्धन खर्च विवरण पाउ भनी माग समेत गरेका छन्।

रंजीत शर्मा र विनाेद निगमले संयुक्तरुपमा सुचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउ भनि भन्ने निवेदन दर्ता गराउँदै यस्तो माग गरेका छन्।  नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना उपलब्ध गराउनुपर्ने नेपाल सरकारको प्रवधान रहेको छ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *