Press "Enter" to skip to content

जनबोलीको लागी पत्रकारिता तालिम समापन, The Horizon Times, News of Nepal

जनबोलीको लागी पत्रकारिता तालिम सम्पन्न भएको छ ।

सिरहाको लहान नगरपालिका वडा नं ७ स्थित उद्योग बाणिज्य संघको सभाहलमा साउन २८ गतेदेखि मधेश मिडिया मिसन द्वारा थालिएको पत्रकारिता तालिम आज सम्पन्न भएको हाे ।

समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष रिनकु कुमारी दासकाे अध्यक्षता तथा महासंघका पुर्व अध्यक्ष दीनेश्वर प्रशाद गुप्ताकाे प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघका सदस्य विनोद मण्डल ,समाजसेवी हरिनारायण मण्डल , नवलपरासीका सञ्चारकर्मी सुरेश यादबकाे आतिथ्यता रहेकाे थियो ।

कार्यक्रमको सञ्चालन भने पत्रकार महासंघ सिराहा शाखाको सचिव शिव दयाल यादवले गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उषा कर्णले राख्नुभएकाे थियाे ।

siraha news

कार्यक्रमबाट ग्रामीण पत्रकारिता अवधारणा अनुरूप नागरिक अधिकार मञ्चको  मो.रहमुल मियाको संयोजकत्वमा समेत गठन गरियो ।

उक्त नागरिक मञ्चको  सल्लाहकार  समितिमा दिनेशवर प्रशाद गुप्ता ,केदारनाथ यादब , राजकुमार राउत ,  शिवदयाल यादब रहनुभएकाे छ ।

विवेक कुमार साह

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *