Press "Enter" to skip to content

सामाजिक परिचालनका लागि मेरुदण्ड मानिने KIRDARC Nepal के हो?

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले २२ अौँ बार्षिक उत्सवमा विभिन्न कार्यक्रमको आयाेजना गरि मनाएकाे छ । जिल्लाकाे शिवराज नगरपालिका-५, चन्द्राैटालाई केन्द्र बनाई विभिन्न पाालिमा  ७२ वटा क्लब र ७२ वटा समूह गठन गरि सामाजिक गतिविधि गर्दै आएको छ ।

बार्षिक अवसरकाे उपलक्ष्यमा किर्डाक नेपालकाे चन्द्राैटा कार्यालयमा साेमबार आयाेजित कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले उक्त संस्थाले समाज रुपान्तरणमा उल्लेख्यनिय भुमिका खेलेको बताएकी छन् । किर्डाक नेपालको २२औँ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्ताे बताईन् ।  शिवराज नगरपालिका र बालबालिका किशाेर किशाेरी तथा अन्य समुदायलाई अगाडि ल्याउन सकारात्मक रहेकाे थारुले जनाईन् । आगामी दिनमा पनि नगरको तर्फबाट सहकार्य रहने प्रतिबद्धता समेत उप प्रमुख थारुले जाहेर गरिन् ।

यसैबीच दलित पत्रकार लुम्बिनि प्रदेश अध्यक्ष चिन्ता परियारले किर्डाक नेपालले समुदायका बालबालिका तथा किशाेर किशाेरी महिलाको लागि गर्दै आएकाे काम सह्रनिय भएको बताउँदै आगामी समयमा पनि संचार क्षेत्रमा सधैँ सहकार्य रहने परियारले बताए । यसैबीच क्लब र सञ्चार गृहलाई सम्मान समेत गरिएको बताइएको छ ।

What is Kirdarc Nepal

शिक्षा, सशक्तिकरण, प्रकोप तथा वातावरण संरक्षण, जिवनशैली र आयआर्जन, स्वास्थ्य, पोषण र जिवन अवस्था, उथानशिलता, मानव अधिकार लोकतान्त्रिक सह सुशासन र संगठनको स्वतन्त्रता अभिव्यक्ति र सूचनाको अधिकार, स्वच्छ खानेपानी लगायतका विषयगत क्षेत्रमा किर्डाक नेपालले काम गदै आएको किर्डाक नेपालका कपिलवस्तु जिल्ला संयाेजक कृष्ण रावलले जानकारी दिए ।

आगामी समयमा पनि यहाँका नागरिक तथा स्थानीय तहमा सहकार्य गर्दै काम गर्न तत्पर रहेकाे जनाउँदै सन् २०१४ देखि २०१८ सम्म दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण सिड्स कार्यक्रम जिल्लाको महाराजगञ्ज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिकामा संचालन गरी हाल स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा शिवराज र बुद्धभूमी नगरपालिकाको समन्वयमा किर्डाक नेपालको सहजीकरणमा नागरिक समाजको सशक्तिकरण, गुणस्तरीय शिक्षा, आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे उनले बताए ।

संयाेजक रावलका अनुसार सन् २०१९ देखि २०२३ सम्म दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण सिड्स कार्यक्रम बुद्धभूमी नगरपालिकाको ३,४ र ९ नम्बर वडाहरु र शिवराज नगरपालिकाको १, २, ३, ५ र ११ वडाहरुमा महिला, किशोरकिशोरी, बालबालिका र अपाङ्गताको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको छ । शिवराज तथा बद्धभूमी नगरपालिकामा ७२ संवाद क्लव, ८ वटा आशा संजाल, ७२ वटा बालवगैचा, ७२ वटा स्वाबलम्बन समुह, ८ टोल विकास संस्था, ४ वटा खुशीयाली नमूना उन्मुख गाउँ सँग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन हँदै आएकाे बताइएको छ ।

Kirdarc Nepal aims

त्यस्तै किर्डाक नेपालको २२ औँ बर्षमा प्रवेश गरेको अवसरमा अति विपन्न परिवारका जाेखिममा परेका १० जना विद्यार्थी किशोरकिशोरीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । वितरण गरिएको शैक्षिक सामाग्रीमा प्रति व्यक्तिलाई १ थान झाेला, ८ वटा कपी, ५ वटा कलम, १ प्याकेट पेन्सिल, २ वटा इलेजर, २ वटा कटर, १ थान ज्यमिति बकस, १ वटा नेल कटर र १ थान शब्दकोष लगायत सामग्री वितरण गरिएको कार्यक्रम अधिकृत श्री भण्डारीले बताए ।

साेहि बार्षिक अवसर पारेर किर्डाक नेपाल अन्तर्गत सञ्चालित बरकुलपुर आशा सञ्जाल क्लबकाे आयाेजनमा बुद्धभुमि नगरपालिका-९, बरकुलपुरका काेभिडका कारण प्रभावित अति विपन्न ७ घर परिवारलाई राहत वितरण गरेकाे क्लबकी अध्यक्ष सिर्जना थारुले जनाइन् । उनका अनुसार वडा नं.९ का वडा अध्यक्ष खुमानन्द न्याैपानेकाे रहाेबरमा प्रति घर २५ किलो चामल, १.५ किलाे दाल, १ प्याकेट खाने तेल, १ प्याकेट शाेयाविन, १ केजी नुन र केही तरकारी वितरण गरिएकाे छ ।

यस्तै बालापुर आशा सञ्जालकाे आयाेजनामा भएकाे कुइच कन्ट्रेक प्रतियोगितामा ५ वटा संवाद क्लबले सहभागी भएका थिए । जसमध्ये एकता संवाद क्लब प्रथम हुना सफल भयाे । त्यसैगरी दाेस्राेमा मिलिजुली संवाद क्लब र सक्षम संवाद क्लब सान्त्वना भएकाे बताउँदै विजेता भएका क्लबलाई कपि र कलम प्रदान गरिएकाे क्लबका अध्यक्ष दया प्रसाद थारुले जानकारी दिए ।

त्यसैगरी किर्डाक नेपाल कै २२ अौँ उत्सवकाे अवसरमा  शिवपुर आशा सञ्जाल क्लबकाे कार्यालय उद्घाटन गरिएकाे छ । शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले रिबन काटेर कार्यालय उद्घाटन गरेकी हुन् । यस्तै शिवराज नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जगत बहादुर घर्तीले क्लबसँग हातेमालाे गर्न सदैब तयार रहेकाे बताए ।

Shivpur aasha Sanjaal

उक्त उद्घाटन कार्यक्रममा बाेल्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेलले तेस्राे लहरकाे काेभिड संक्रमणबाट जाेगिन माक्स र सेनिटाइजर क्लबका अध्यक्ष सन्ताेष बुढाथोकीलाई हस्तान्तरण गर्दै आम नागरिक र समुदायमा सजग र सुरक्षा अपनाउनुकाे विकल्प नरहेकाे जिकिर गरे । साथै अगामी समयमा आफूले गर्न सकिने हरेक गतिविधिमा सहकार्य गर्ने समेत अध्यक्ष पाेख्रेलले प्रतिबद्धता व्यक्त गरे ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *