Press "Enter" to skip to content

Kapilvastu, Nepal को बहादुरगंज आँखा अस्पतालद्धारा दुई लाख बढीकाे स्वास्थ्य सामाग्री वितरण

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालद्वारा दुई लाख भन्दा बढीकाे स्वास्थ्य सामाग्री वितरण गरिएकाे छ ।

नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, नर्बेको आर्थिक सहयोगमा कपिलवस्तु जिल्लाका स्थानीय निकायहरुमा २ लाख २५ हजार ४ सय  ३५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएकाे अस्पतालले जनाएकाे छ ।

समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमण फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारलाई सहयोग पुर्‍याउनुे उद्देश्यका साथ कपिलवस्तुको नारायणी आँखा अस्पतालले जिल्लाका १० वटा स्थानीय निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे अस्पताल प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

स्थानिय तहहरु स्वास्थ्य सामग्री खरिद गर्न आफू स्वयं सक्षम भए त पनि यो कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा नेपाल सरकारलाई केही मात्रामा भए पनि राहत पुर्‍याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत विश्वकर्माले जनाए ।

Aadharbhut Health service Kapilvastu Nepal

यस अघि कपिलवस्तु जिल्लाका ४ वटा गाउँपालिकालाई सर्जिकल मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएकोमा दोस्रो चरणमा जिल्लाका ६ वटा नगरपालिकालाई सोही प्रकारको स्वास्थ्य सामाग्री वितरण गरिएको उनले बताए ।

जिल्लाको बाणगंगा, बुद्धभुमि र कपिलवस्तु नगरपालिका लगायत प्रत्येक पालिकालाई ४ थान सर्जिकल माक्स र १० लिटर सेनिटाइजर वितरण गरिएको बताइएको छ ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश चन्द्र गुप्ताले ४ हजार थान सर्जिकल मास्क र १० लिटर सेनीटाइजर ग्रहण गर्दै यदि कसैले स्वेच्छिक रुपमा केही सहयोग गर्न खोज्छ भने उक्त सहयोगलाई हामीले सहर्ष रुपमा स्वीकार्नु जरुरी रहेकाे गुप्ताले बताए ।

कोरोना भाइरस कोभिड १९ को यो महामारीको समयमा स्वतःस्फूर्त रुपमा कपिलवस्तु नगरपालिकालाई यस प्रकारको स्वास्थ्य सामाग्री प्रदान गर्नु भएकोमा दातृ निकाय एन.ए.बी.पी.नर्बे र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंज अस्पतालकाे परिवारलाई हार्दिक धन्यवाद समेत संयाेजक गुप्ताले व्यक्त गरे ।

Nagar Hospital Kapilvastu Nepal

त्यसैगरी यस्तो संकट र कठिन परिस्थितीका बाबजुद पनि कोरोना भाइरस सँगको लडाइमा हातेमालो गर्न आएकोमा बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारुले हर्षित हुँदै सहयोगको लागि दातृ निकाय र अस्पताललाई धन्यबाद व्यक्त गरे ।

नगर प्रमुख थारु तथा त्यस नगरपालिकाका स्वास्थ्य संयोजक खगराज पौडेलले संयुक्त रुपमा ग्रहण गर्दै स्वास्थ्य संयोजक पौडेलले आगामी दिनहरुमा पनि दातृ निकाय तथा अस्पतालबाट यस्तै सहयोगको अपेक्षा रहेको पाैडेलले बताए । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले नगर प्रमुख केशब कुमार श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे हुन् ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै नगर प्रमुख श्रेष्ठले अस्पताल तथा दातृ निकाय दुबैप्रति आभार तथा धन्यवाद प्रकट गरे । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल र स्वास्थ्य संयोजक खुबीराम खनालको पनि उपस्थिती रहेकाे अस्पताल अधिकृत विश्वकर्माले बताए ।

स्वास्थ्य सामाग्री वितरण गर्ने क्रममा शिवराज नगरपालिकाद्धारा संचालित आधारभुत स्वास्थ्य सेवा अस्तपाललाई ६ हजार थान सर्जिकल मास्क,१५ लिटर सेनिटाइजर र १० थान पी.पी.ई. सेट हस्तान्तरण गरिएको आँखा अस्पतालले जनाएकाे छ ।

Shivraj Hospital Kapilvastu Nepal

शिवराज नगरपालिकाका स्वास्थ्य संयोजक चुडामणी भट्टराई र आभारभुत स्वास्थ्य अस्पतालका चिकित्सक डा.महेश गुप्तालाई संयुक्त रुपमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यसैगरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल अवस्थित रहेको कृष्णनगर नगरपालिकालाई पनि ४ हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक शंकर भट्टराईलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै बहादुरगंज आँखा अस्पतालको नजिकै रहेको शिवराज अस्पताललाई पनि २ हजार थान सर्जिकल मास्क,५ लिटर सेनिटाइजर र १० थान पी.पी.ई सेट हस्तान्तरण गरिएको छ । शिवराज अस्पतालका कार्यालय प्रमुख डा.मुकेश चौधरीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए ।

जिल्लाका ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरी जम्मा १० वटा स्थानीय निकायलाई सर्जिकल मास्क, सेनिटाईजर र पी.पी.ई सेट लगायतका स्वास्थ्य सामग्री वितरण गर्नको लागि दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, नर्बेले आर्थिक सहयोग उपलब्ध गराएको अस्पताल प्रशासनले जनाएकाे छ ।

Kapilvastu Municipality nepal

दातृ निकाय नर्बेकाे सहयोगमा यस्तै प्रकारको स्वास्थ्य सामाग्री दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालले पनि त्यहाँका स्थानिय निकायहरुलाई हस्तान्तरण गरिएको नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत विश्वकर्माले बताए ।

विश्वकर्माको नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण गरिएकाे कार्यक्रममा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा ओ.पि.डी ईन्चार्ज ओपेन्द्र चन्द,लेखा सहायक कमल चौधरी र मधु खड्का लगायतको सहभागिता रहेको थियो ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *