Press "Enter" to skip to content

कोरोनाले आमाको मृत्तु, एक महीने बच्चाको स्याहासुसारमा गाउँपालिका

कपिलवस्तु, नेपाल: एक महिने नवजात शिशुलाई ६ महिनासम्म आवश्यक पोषण सहित स्याहारसुसार गर्ने जिम्मेवारी विजयनगर गाउँपालिकाले लिएको छ । जिल्लाको गाउँपालिका वडा नं. १, हनुमाननगर निवासी पुन्सीराम चौधरीको १ महिने छोरा गोविन्द चौधरीलाई नगद रकम सहित स्याहारसुसार गर्ने जिम्मा लिएकाे गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाले आइतवार बच्चालाई २० हजार रुपियाँ नगद र तत्काल चाहिने २ ओटा नेस्ट्रोजन दुध, प्याम्पस, ब्याबी पाउडर, ब्याबी तेल, साबुन, मास्क, स्यानीटाइर लगायतको सामाग्री उपलब्ध गराएका हुन् ।

थापा स्वयम चाैधरीको घरमै पुगी गाउँपालिकाले ६ महिनासम्म बच्चाको औषधी उपचार र रेखदेख तथा जिम्मेवारी लिएकाे उनले बताए । अहिले नवजात शिशुलाई मृतककी जेठानी सविता थारुले रेखदेख गरिरहेकाे समेत अध्यक्ष थापाले जनाए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बच्चालाई ६ महिनासम्म चाहिने आवश्यक पोषणयुक्त खानासहित औषधी उपचार स्वास्थ्य शाखाले आवश्यकता अनुसार उपलब्ध गराउने बताए । अहिले बच्चालाई स्वयमसेविका शोभा थापा र उमा थापाको प्रत्यक्ष निगरानीमा राखिएको अधिकृत भट्टराईले जनाए ।

मृतक परिवारमा श्रीमान पुन्सीराम चौधरी, १ छोरी र १ छोरा नवजात शिशु गरी ३ जना रहेका छन् । पारिवारिक अवस्था सामान्य र किसानी खेतीपाती गर्दै आएकाे बताइएको छ ।

Corona in Nepal

२५ वर्षिया महिलालाई ३ गते एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । त्यहाँबाट १० गते रिफर गरेर तौलिहवा अस्पतालमा उपचारकै क्रममा १५ गते शनिवार मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।

मृतकको सम्पर्कमा आएका नवजात शिशुसहित सबैको एन्टिजेन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अधिकारीले बताए ।

राम अबतार चौधरी 

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *