नवलपरासी, नेपाल: पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा संचालित आइसोलेशन कक्षलाई स्वस्थ्य सामाग्री सहयोग गरिएको छ ।
प्रभावशाली बचत समूह प्रतापपुर नवलपरासीले प्रतापपुरमा
रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा प्रतापपुर गाउँपालिका द्धारा सञ्चालित अाईसाेलेशन कक्षलाई अाज एक कार्यक्रमका विच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे ।
नयाँ भेरियन्ट सहितको काेराेना भाईरस बाट संक्रमित हुनेकाे संख्या संगै संक्रमण बाट मृत्यु हुनेकाे संख्या बढ्दै जादा युक्त समस्या समाधान गर्न र अाम नागरिक लाई बचाउन का निम्ति प्रभावशाली बचत समुह प्रतापपुर नवलपरासीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
प्रभावशाली बचत समुह प्रतापपुर द्धारा करिब ६० हजार ५ सय बराबरको सेनिटाईजर ,मास्क,स्प्रे ,ग्लाेब्स ,अक्सिमिटर पिपिई ,फेस सिल्ड लगायतकाे स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाल साउदिमा रहनुभएकाे समुहका सदस्य राजु प्रसाद यादवले बताउनुभयो ।
साथै कोरोना महामारिले गर्दा देशमा रहेका विभिन्न अस्पतालहरुमा बेड र अक्सिजनकाे अभावले गर्दा अाम नेपाली नागरिक मृत्युकाे काखमा पुग्ने समस्यालाई मध्यनजर गर्दै उपचारका कारण अाम नागरिकहरुलाई समस्या नहाेस भनेर स्वास्थ्य सामाग्री सहयोग गरिएको सदस्य यादवले बताए ।
युक्त स्वास्थ सामाग्री संस्थाका सन्जिव थापाले वडा नम्बर ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पजियारलाई हस्तान्तरण गर्नुभएको थियो । स्वस्थ्य सामाग्री ग्रहण गर्दै महामारीको बेलामा अाम नेपाली जनता र प्रतापपुर गाउँपालिका बासिहरुकाे स्वास्थ्य समस्या समाधान गर्नका लागि बिदेशका विभिन्न देशहरूमा कार्यरत प्रभावशाली बचत समुहका सदस्यहरुले गरेको याे याेगदान प्रति खुसि ब्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको थियो ।
प्रभावशाली बचत समुह प्रतापपुर नवलपरासीका सदस्यहरु जापान ,मलेसिया ,साउदि कतार ,नेपाल लगायतकाे देशमा राेजगारि गरिरहेको ती नेपाली नागरिकहरुले अाफ्नाे देश नेपालकाे विषम परिस्थितिमा अार्थिक सहयोग संकलन गरि प्रतापपुर गाउँपालिका मा सञ्चालित अाईसाेलेशनलाई स्वस्थ्य सामाग्री सहयोग गरिएको जापानमा कार्यरत दिनेश यादवले बताउनुभयाे ।
महेश यादव
Be First to Comment