Press "Enter" to skip to content

नेपाल सरकारले जारि गरेकाे स्वास्थ्य मापदण्ड पालना गर्न गाउँपालिका बासिलाई अनुरोध : अध्यक्ष चाैधरी सरावल गाउँपालिका

नेपालमा नयाँ भेरियन्ट सहितकाे काेराेना संक्रमणकाे दाेस्राे चरणमा संक्रमित हुनेकाे संख्या पश्चिमी नवलपरासीमा पनि तिब्र रुपले बढ्दै गएको छ

नयाँ भेरियन्ट सहितको काेराेना भाईरस बाट संक्रमित हुनेकाे संख्या संगै संक्रमण बाट मृत्यु हुनेकाे संख्या समेत बढ्दै गरेको छ ।

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या र संक्रमितकाे संख्या बढ्दै जादा स्वास्थ्य सतर्कता अपाउनकाे लागि गएराती देखि पश्चिम नवलपरासीमा पनि निषेधाज्ञा सुरु भएको छ । गएराती १२ बजेदेखि बैशाख ३१ गते सम्मका लागि पश्चिम नवलपरासीमा पनि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङक्रमण पश्चिम नवलपरासीमा बढ्दै जादा निषेधाज्ञा गरिएको र त्यसको पालना गरि स्वास्थ्य सतर्कता अपनाउन गाउँपालिका बासिलाई अध्यक्ष राधेश्याम चाैधरिले अाग्रह गर्नुभएको हाे ।

उहाले काेराेना संक्रमण बढ्दै जादा पालिका भित्र रहेको सम्पूर्ण पसल र हाटबजार लगायत अन्य भिडभाड हुने ठाउमा राेक लगाउनुका साथै तरकारी, फलफूल, खाद्यन्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री विक्री वितरण गर्ने पसल प्रत्येक दिन विहान ६ बजेदेखि ९ बजेसम्म जिल्ला प्रशासनले जारि गरिएको सुचानामा भनिएको हुदा साेकाे पालना गरि स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउनु भएको हाे ।

https://www.youtube.com/watch?v=nyLqxH43Ve8&t=30s

साथै पालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा पालिका भित्र बसाेबास गर्ने सम्पूर्ण गाउँपालिका बासिलाई स्वास्थ्य सतर्कता अपनाई अति अावश्क काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न अाग्रह गर्नु भएको हाे ।

यस्तै विवाह, व्रतबन्ध जस्ता कार्यक्रमहरु १५ जना भन्दा बढी उपस्थीती नगराई तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरेर सो कार्य गर्न जिल्ला प्रशासनले जारि गरिएको सूचनामा उल्लेख गरिएको र साेकाे पालाना गरि काेराेना भाईरस बाट वच्न र अरुलाई बचाउनमा सहयोग गर्न गाउँपालिका बासिहरुकाे साथ सहयोग काे अापेक्षा गर्नुभएको थियोे ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *