नवलपरासी, नेपाल: पश्चिम नवलपरासीमा पनि नयाँ भेरियन्ट सहितको काेराेना भाईरसबाट संक्रमित हुनेकाे संख्या बढ्दै गएको छ । नयाँ भेरियन्टकाे काेराेना भाईरस बाट दिनप्रतिदिन संक्रमित बढ्दै जादा संक्रमण बाट मृत्यु हुनेको दर पनि बढ्दै गरेको छ ।
काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या र संक्रमितकाे संख्या बढ्दै जादा स्वास्थ्य सतर्कता अपाउनकाे लागि एविसि नेपालद्धारा नवलपरासी जिल्लामा सञ्चालित संवाद किशोर किशोरी सञ्जाल र संवाद केन्द्रका किशोर किशोरीहरुले अाम जनसमुदायमा स्वास्थ्य समाग्री बितरण गर्नुका साथै विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरि काेराेना बाट वचन अाम नागरिकहरुलाई सतर्क गराईरहेका छन ।
काेराेनाबाट संक्रमण हुनेकाे संख्या र मृत्यु हुनेको संख्या तिब्र भएको मध्ये बिश्वकाे दाेस्राे देशका रुपमा चिनिएकाे नेपाल पनि एक हाे । जसमध्ये पश्चिम नवलपरासीमा दाेस्राे चरणको निषेधाज्ञा बैशाख ३१ गतेदेखि जेष्ठ १५ गतेसम्म जारी गरिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको थियो । संक्रमण दर संगै मृत्यु दर बढ्दै जादा पश्चिम नवलपरासीका तिनवटा गाउँपालिकामा सञ्चालित संवाद किशोर किशोरी सञ्जाल र संवाद केन्द्र द्धारा एविसि नेपाल स्ट्राेम फाउन्डेसनले विभिन्न स्वास्थ्य समाग्री सहयोग गरि अाम नागरिकहरुलाई सचेत बनाईरहेको छ ।
साथै सञ्जाल र संवाद केन्द्रका किशोर किशोरीहरुलाई स्वास्थ सतर्कता अपानाई र स्वास्थ समाग्रीकाे प्रयोग गराएर पालिका भित्र पर्ने सम्पूर्ण टाेलटाेलमा जनचेतना मुलक कार्यक्रम , स्वास्थ समाग्री वितरण र स्वास्थ मापदण्डका नियमहरुलाई बताउदै सतर्क रहन र स्वास जीवन अापन गर्न सहयोग गरिरहेकाे क्षेत्रीय प्रमुख लामिछानेले बताए ।
पश्चिम नवलपरासीका सरावल गाउँपालिका , पाल्हिनन्दन गाउँपालिका र सुस्ता गाउँपालिकाका करिब छाैँ हजार किशोर किशोरीहरुलाई बिगत पाँच (५) बर्ष देखि बैकल्पिक शिक्षाकाे रुपमा संवाद केन्द्र सञ्चालन गरेर पठनपाठन गराउदै अाईरहेकाे र ससाना बालबालिका तथा किशोर किशोरीहरुलाई फाेरम, सञ्जाल ( नेटवर्क ) गठन गरि उनिहरुकै समुह मार्फत बजेट विनयाेजन गरि विभिन्न सिपमुलक ,जनचेतनामूलक कार्यक्रम र खेलकुद अायाेजना गराएर परिचालन गरिएकाे अवस्था छ । र समाजमा पिछडिएका गरिब विपन्न , अशक्त र अार्थिक स्थिति कमजोर भएको परिवारलाई अार्थिक रुपले सहयोग गरि समाज रुपान्तरण का उदेश्यले काम गरेर अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
साथै किशोर किशोरी ,बालबालिका र तिनका अभिभावकहरुलाई दक्ष र अनुभवी बनाउनका लागि सञ्जाल र संवाद केन्द्र मार्फ पालिकाहरुबाट समन्वय गराएर पनि कार्यक्रम सञ्चालन गरिएको हाे । र यश नयाँ भेरियन्ट सहितको काेराेना भाईरसबाट किशोर किशोरी ,बालबालिका र अभिभावकहरुलाई बचाउनका लागि र स्वास्थ जीवन अापन संगै नेपाल सरकारले जारि गरेरकाे स्वस्थ मापदण्ड पालना गर्नका निम्ति किशोर किशोरीहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन।
उनिहरुकाे सुरक्षा गर्नका निम्ति एविसि नेपाल द्धारा विभिन्न स्वास्थ समाग्री उपलब्ध गराउनुका साथै समुदायका मानिसहरुलाई सचेत बनाउन र काेराेना बाट बचनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अार्थिम सहयोग पनि गरेको क्षेत्रीय प्रमुख लामिछानेले बताउनु भएको थियोे ।
उहाँले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङक्रमण पश्चिम नवलपरासीमा बढ्दै जादा निषेधाज्ञा गरिएको र त्यसको पालना गरि स्वास्थ्य सतर्कता अपनाउनका लागि समेत एविसि नेपाल संग अाबद्ध तिनवटै पालिका किशोर किशोरी , बालबालिका , अभिभावक र अाम जनसमुदायका सम्पूर्ण नागरिकहरुलाई अाग्रह समेत गर्नुभएको हाे ।
यस्तै काेराेना संक्रमण बढ्दै जादा एविसि नेपालकाे अार्थिक सहयोगमा अाफु सुरक्षित भएर अाम नागरिक तथा किशोर किशोरीहरुलाई सुरक्षित रहनका लागि माक्स ,सेनिटाईजर र गाेलाेब्स जस्ता स्वास्थ्य सामाग्री वितरण गर्दै जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेर काेराेना बाट बचनलाई जागरुप गराइरहेको जनबिकास किशोर किशोरी सञ्जालका अध्यक्ष महेश यादवले बताउनु भएको हाे ।
समुदायमा काेराेना संक्रमण बाट बढ्दै गरेको त्रास ,भय र संक्रमण लाई राेख्नका लागि र त्यसबाट बच्नका लागि याृेग अभ्यास जस्ता विभिन्न क्रियाकलाप र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अाएकाे बताए । साथै काेराेना भाईरस संक्रमण राेकथामका लागि गरिएको निषेधाज्ञामा एक छाक टार्न असहज भएको ती विपन्न तथा गरिब परिवारहरुलाई सहयोग गर्नका निम्ति टाेल टाेलमा मुठ्ठी दान कार्यक्रम सञ्चालन गरेर सहयोग गरिएको अध्यक्ष यादवले बताएका हुन।
समुदाय काेराेनाबाट बचनका लागि रेडियो मार्फत र विभिन्न मठ मन्दिर र महजिदहरुमा सन्देश मुलुक जिङ्गल प्रसारण गरि र किशोर किशोरी संगै अाफु स्वयं समुदायमा काेराेना बाट वचन जनचेतना जगाईरहेकाे अध्यक्ष यादवले बताउनु भएको हाे ।
Be First to Comment