Press "Enter" to skip to content

राष्ट्रपति विद्यादेवी भण्डारीको ओलीलाई पुनः प्रधानमन्त्री बनाउने तयारी

काठमाडौं, नेपाल: ढीक्कै एमाले र जसपाको साथ ओलीलाई रहेको पत्रलाई  आधार बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरीएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेकोमा त्यसैलाई सदर गरिने तयारी शितलनिवासले गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

ओलीले एमाले संसदीय दलको नेताको हैसियतले र जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरबाट समर्थनको दाबी प्रस्तुत गरेका थिए । तर, दुवै दलका हरेक सांसदको हस्ताक्षर भने प्रस्तुत गरिएको छैन ।

यसअघि जसपाको संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको थियो । यसको उद्देश्य अहिले खुलेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए । तर, जसपाको ढिक्कै आफ्नो समर्थनमा रहेको दाबी ओलीले प्रस्तुत गरिसकेका छन् ।

एमालेका सांसदहरुमध्ये कतिपयले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भनी प्रतिक्रिया जनाएका छन् । यसले पनि देउवालाई झट्का लागेको छ ।

जितेश मण्डल

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *