Press "Enter" to skip to content

लघुवित्तको कारण आत्महत्या बृद्धि दर बढ्दै, Nepal News

विप्लव नेतृत्वको नेकपा पश्चिम कपिलवस्तुले लघुवित्त र मिटर ब्याजीलाई प्रतिबन्ध गरेको छ । शोषणले जनतालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै आइतबार एक प्रेस विज्ञप्ति जारी गरेको नेकपाले जनाएको छ ।

मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जीवन मरणको अवस्थामा पु¥याएको छ । “त्यस्ता व्यक्ति र संस्थाको अमानवीय आर्थिक शोषणले जनतालाई आत्महत्या समेत गर्न बाध्य बनाएको छ । विभिन्न प्रकारका डर, धम्की र दबाब दिएर गरिने यस्ता कार्यको सम्बन्धमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको छ”–विज्ञप्तीमा भनिएको छ ।

थप समाचार

जनतालाई अनुचित नाफाको मनसाय राखी ऋण प्रवाह गर्ने र असुल उपरका लागि हदै प्रकारको हतकण्डा अपनाउने पाइएको विज्ञप्तीमा उल्लेख छ । ऋण प्रवाह गरेको सानो साँवा रकमको हजारौं गुणा बढी असूल उपर गरिसक्दा पनि दबाबमा असुल उपर जारी रहने गरेको पाइएको सो पार्टीले जनाएको छ ।

“असुल उपर गर्न दिदि बहिनि आमाहरुलाई अनैतिक कार्य गरेर बुझाउन, अमर्यादित र निर्देशनात्मक भाषा बोल्ने र दाजुभाईहरुलाई त्रास, धम्की दिने र मारिदिने जस्ता क्रुर आततायी प्रकारका क्रियाकलाप गरेको पाइएको छ । अपहरण गर्ने र दृष्टि बन्धक गरेर सम्पत्ती हडप्ने जस्ता कार्यले नागरिकलाई आत्महत्या जस्तो बाटो रोज्न बाध्य पारिएको छ”–विज्ञप्तीमा भनिएको छ ।

Biplav

यस सन्दर्भमा केहीदिनअघि सञ्चारमाध्यममा प्रकाशित शिवराज–६ को रामराजी पासीले एटा लघुवित्तको चर्को व्याज तिर्दातिदै थलिएको समाचार र यसै नगरपालिको एक लघुवित्तमा लिइएको पचास हजार ऋण दुई वर्षसम्म महिनाको पाँच हजारको दरले तिर्दा पनि पच्चीस हजार रुपैयाँ अझै बाँकी रहेको र तिराउनलाई विभिन्न प्रकारका धम्की आउने गरेको पाइएको र यी र यस्तै लघुवित्तका हर्कत र मिटर व्याजीका गुण्डागर्दीका कारण यसै जिल्लामा आत्महत्याका घटनाहरू पनि घटेको पाइएको सो पार्टीले जनाएको छ ।

आफूहरुको शन्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधीहरूले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिंदै विज्ञप्तीमा साथै बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनीकरण गरी एक अंकमा कायम गर्न अनुरोध गरिएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *