Press "Enter" to skip to content

बैंक व्याजदर, लघुवित्त र मिटर व्याजकाे विरुद्ध बिराेध प्रदर्शन, Nepal News The Horizon Times

कपिलवस्तुकाे चन्द्राैटामा चर्काे बैंक व्याजदर, लघुवित्त र मिटर व्याजकाे विरुद्ध विराेध प्रदर्शन गरिएको छ । नेकपा (विप्लव) नेतृत्व पश्चिम कपिलवस्तुको जिल्ला समितिकाे आयाेजनामा शुक्रबार विरोध प्रदर्शन गरिएकाे हाे ।

बैंककाे चर्काे ब्याजदर नियन्त्रण गर, मिटर व्याजीलाई कारवाही गर, लघु वित्तीय शाेषण अन्त्य गर, १ अंककाे व्याजदर लागू गर, लघु वित्तीय ज्यादति अन्त्य गर र राष्ट्रिय उद्योगी व्यवसायीलाई राहत दे भन्दै नाराबाजी गरिएको नेकपाका जिल्ला सचिव बिनाेद लुइटेलले जनाए ।

पाेलिट व्युराे सदस्य सञ्जिब झाक्रीले चन्द्राैटामा काेणसभा लाई सम्बाेधन गर्दै उद्योग कलकारखाना विस्थापित भएका कारणले मजदुरहरुकाे राेजगारी गुमेकाे बखत चर्काे ब्याजले समस्या निम्ताएकाे बताए ।

हातमुख जाेडन समस्या भइरहेकाे अवस्थामा लघुवित्तीयले आत्माहत्या गर्ने बाध्य बनाइरहेकाे बताए । विदेशी दलालहरुले खाेक्राे बनाएकाे जनाउँदै सर्वसाधारणलाई सडकमा ल्याउन उनीहरुकाे मुख्य भूमिका रहेकाे बताए ।

सामान्य कार्यक्रम गर्न पनि विदेशी शक्तिका दलालहरुले कराेडाैँ खर्च गरिरहेकाे उनले उल्लेख गरे । एमसीसीले चालेकाे कदम नेपाल र नेपालीकाे हितमा नरहेकाे समेत सदस्य झाक्रीकाे भनाइ छ ।

Nepal News

यसैबीच पार्टीका केन्द्रीय सदस्य हेमन्त चाैधरीले आम नागरिकको हकहितका लागि बैंक, लघु वित्तीय लगायत संस्थाले व्याजदर सुधार गर्नुपर्ने चेतावनी दिए । यदि सम्बन्धित निकायले नियमन नगरे थप आन्दोलनकाे कार्यक्रम अघि सार्ने बताउँदै ज्यादती गरेकाे पाइए कानुनी कठघरामा ल्याउन समेत पछि नपर्ने उनले दावी गरे ।

पार्टीका जिल्ला सचिव लुइटेलले स्वतन्त्रपूर्वक जिउने अधिकार सबैलाई रहेकाेले आत्मसम्मानजनक तरिकाले बाच्न पाउनुपर्ने बताए । कुनै पनि बैंक, वित्तीय संस्थाले ज्यादती गरेकाे छ भने साे व्यक्ति नेकपाकाे सम्पर्कमा आउन आग्रह समेत उनले गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *