Press "Enter" to skip to content

थारु संग्रहालय : निर्माण भएकाे ४ बर्षमा सञ्चालन आएन, Nepal News

थारु संग्रहालयकाे निर्माण सम्पन्न भएकाे ४ बर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेकाे छैन । जिल्लाकाे विजयनगर-२, लाेहराैलामा रहेकाे संग्रहालय सञ्चालनमा आउन नसकेकाे स्थानीयले गुनासो गरेका छन् ।

२०७६ सालमा स्थापना गरिएको संग्रहालय अहिलेसम्म सञ्चालनमा आउन सकेकाे छैन । सिंगाे थारु समुदायकाे अस्तित्वसँग जाेडिएकाे संग्रहालय ३७ लाखकाे लागतमा निर्माण गरिएकाे भएपनि बेवास्ता गरिएको पाइएकाे छ । गाउँका अगुवा (बरघर) रुद्र नारायण थारुले संग्रहालय सञ्चालनका लागि पटकपटक वडा, गाउँपालिका लगायत कार्यालयमा पहल गरेपनि चाँसाे नदिएको बताए ।

संग्राहलयकाे सबै संरचना निर्माण हुँदा पनि सञ्चालनमा आउन नसकेकाे उनले गुनासो पाेखे । थारुले संग्रहालय सञ्चालनमा आउन नसक्दा आन्तरिक पर्यटन भित्र्याउन र प्रचारप्रसारलाई तीव्रता दिन नसकेकाे रुद्रले जिकिर गरे । पर्यटन भित्र्याउन सके आर्थिक वृद्धि र राेजगारकाे समेत सिर्जना हुने उनकाे भनाइ छ । उक्त संग्राहलयले थारुकाे पहिचानसँग जाेडिएकाेले संरक्षणमा गर्न आवश्यक रहेकाे समेत थारुले जिकिर गरे ।

यस्तै पूर्व अगुवा (बरघर) कृष्णबहादुर थारुले लाखौं रकम खर्चिएर निर्माण भएकाे थारु संग्रहालय छिट्टै सञ्चालनमा ल्याउन आग्रह गरे । अन्य समुदायभन्दा थारु समुदायकाे बेग्लै पहिचान रहेकाेले ऐतिहासिक सामग्री संकलन गरि नयाँ पुस्तालाई सहज हुने बताए । पछिल्लो समय लाेपहुँदै गएकाे गहना गुरिया, हस्तकला ढकिया, पाेशाक, डेहरी, पाैवा र संस्कृति परम्परागत रहनसहन लगायत सामग्री बचाउन सके देशकै शिर उच्च रहने उनले जनाए ।

यता गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चाैधरीले आफूले गाउँबासीलाई संरक्षण समिति गठन गर्न पटकपटक अनुराेध गरेकाे बताइन् । संग्रहालय सञ्चालनका लागि गाउँपालिका र प्रदेश सरकारसँगसमेत पहल गरेकाे उनले जनाइन् ।

संग्रहालय सञ्चालन गर्न समिति गठन हुन नसक्दा बजेट विनियोजन नभएकाे बताउँदै सम्बन्धित निकायमा पहल गरिरहेको चाैधरीले दावी गरिन् । थारु जातिको पहिचान झल्किने ऐतिहासिक पुर्खाैली सामग्री संकलन गरेर संग्रहालयमा राख्दा पर्यटकीय गन्तव्य बन्ने संभावना देखिन्छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *