Press "Enter" to skip to content

नापी कार्यालयकाे लापरबाही : समयमै सेवा प्रवाह नहुँदा नागरिकलाई सास्ती, Nepal News

नापी कार्यालय चन्द्राैटाले समयमै सेवा प्रवाह नगरेकाे स्थानीयले गुनासाे गरेका छन् । जग्गा धनीकाे स्वामित्वमा रहेकाे जग्गा रेखांकन गर्न रसिद काटेकाे बर्षाै दिनसम्म नापी नहुँदा सास्ती हुने गरेकाे स्थानीय बताउँछन् ।

कार्यालयले सेवाग्राहीलाई सेवा प्रवाहमा लापरबाही गर्दा नागरिकलाई सास्ती भएकाे हाे । कृष्णनगर नगरपालिका घर भएका निरहु यादवले करिब ३ बर्ष पहिले ९ धुर जग्गा किने । जिल्लाकाे कृष्णनगर नगरपालिकामा बहादुरगञ्ज-१ कित्ता नम्बर १३७९ जग्गा उनकाे नाममा छ ।

यादवले घर बनाउने सबै तयारी पूरा हुँदाहुँदै पनि बनाउन सकेका छैनन् । घर पटकपटक बनाउन नहुने भन्दै कित्ता काट भएकाे जग्गाकाे क्षेत्रफल एकिन गर्न नापी कार्यालय चन्द्राैटाबाट २०७७ फागुन २६ गते २ हजार ६ सय ३० रुपैयाँको रसिद काटेकाे यादवले बताए ।

जग्गा नापी गर्न यसरी नापी कार्यालयले लापरबाही गर्दा सेवाग्राहीले बर्षाैँ सम्म कुर्दा समेत नापी नहुँदा सास्ती हुने गरेकाे यादवले बताए । उनले भने : “म घर बनाउनलाई जग्गा खरिद गरेकाे थिएँ तर लामाे समयसम्म नापी नहुँदा समस्या भएकाे छ ।” यादवले थपे : “टाँठाेबाठाे मान्छेकाे काम सहजै गर्ने र निम्न वर्गीय आम नागरिकको काममा कर्मचारीले ढिलाइ गर्ने गरेका छन् ।”

आफूले कार्यालयमा गई पटकपटक जग्गा नापी गरिदिन ताकेता गरेपनि आज हुने, भाेली भन्दै भाका सारेर दु:ख दिने गरेकाे यादवले जनाए । यसरी कार्यालयबाट रसिद काटेकाे बर्षाैँसम्म समेत काम हुन नसक्दा कार्यालयप्रति आशंका हुने गरेकाे उनकाे भनाइ छ । ताकेता गर्न जाँदा अडियाे, भिडियो गरेकाे थाहा पाएपछि कार्यालयका एक कर्मचारीले यादवलाई काम छिटाे हुने भन्दै सार्वजनिक नगर्न आग्रह समेत गरेका छन् ।

यता नापी कार्यालयका प्रमुख देवेन्द्रनाथ यादवले के कति कारणले काम राेकिएकाे हाे भन्ने आफूलाई जानकारी नभइ रिपोर्टिङ गर्न नहुने बताए । कतिपय छिमेकीहरुकाे आपसी सम्झदारी नभएका कारणले राेकिएकाे हुन सक्ने बताउँदै सम्बन्धित व्यक्तिलाई कार्यालय पठाउन उनले आग्रह गरे । सर्वेक्षक बेचन प्रसाद गुप्ताले कर्मचारी सरुवा लगायतको समस्याले समयमा काम हुन नसकेकाे स्वीकार गरे ।

एकपछि अर्काे आउने कर्मचारीले साे विषय बस्तुबारे थाहा नभएकाे र सम्बन्धि व्यक्ति कार्यालयमा नआएकाले समय लम्बिएको सर्वेक्षक गुप्ताकाे भनाइ छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *