Press "Enter" to skip to content

Press Chautari Nepal’s २५ औं स्थापना दिवस पश्चिम नवलपरासीमा सम्पन्न, Nepal News

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । श्रमजीवी पत्रकारहरूको पहरेदार संस्थाका रूपमा रहेको प्रेस चौतारी नेपाल नवलपरासीको आयोजनामा स्थापना दिवस आईतबार परासीमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस एवम् सृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा नेकपा एमाले रामग्राम नगर कमिटि इन्चार्ज एवं रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै  प्रमुख अतिथि यादवले पत्रकारहरुले निष्पक्ष, सत्य र तथ्य पत्रकारीता गर्दै नागरिकको जन जिविकाको सवालमा  होस वा विकास निर्माणमा टेवा पुग्ने हिसाबले सरोकार वाला लाई सचेत गराउदै खोजी पत्रकारिता लाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

सो अवसरमा यस बर्षको सृजनशील पत्रकारीता पुरस्कार बाट पश्चिम नवलपरासीकै पहिलो महिला पत्रकार शान्ता भण्डारी सम्मानीत हुनु भएको छ । प्रेस चौतारी नेपाल नवलपरासीले प्रदान गर्दै आएको प्रेस चौतारी सृजनशील पत्रकारीता पुरस्कार यस बर्ष पत्रकार भण्डारीलाई प्रदान गरिएको हो ।

Press Chautari

नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले आफ्नो छोरा शक्ति अधिकारीको स्मृतिमा सो सृजनशील पत्रकारीता पुरस्कार स्थापना गर्नु भएको थियो ।सो पुरस्कार बाट यस बर्ष नवलपरासी जिल्लामा रहेर बिगत लामो समय देखि प्रेस चौतारी नेपाल र पत्रकारिता को क्षेत्रमा गरेको योगदानको उच्चमुल्याङ्कन गर्दे  सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार भण्डारीलाई नगद रु १० हजार, सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

प्रेस चौतारी नेपाल नवलपरासीले सृजनशील पत्रकारिता पुरस्कारबाट यस अघि पत्रकार केशब पराजुली, लालकुमार भट्टराई, शेर बहादुर केसी, राज कुमार रेश्मी , बिद्रोही गिरि, लगायतलाई पुरस्कृत गरिसकेको सङ्गठनका जिल्ला सचिव रामु भुषालले बताउनुभयो ।

सो अवसरमा प्रेस चौतारीका सदस्य विकास अधिकारी , सम्मानीत पत्रकार शान्ता भण्डारी, प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव बेनीमाधव वश्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि चौधरी, नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं प्रेस चौतारी इन्चार्ज नारायण पाण्डे, लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । जिल्ला उपाध्यक्ष गौरी शंकर जयसवालको स्वागत मनतव्य रेहेको कार्यक्रमको सञ्चालन सचिव रामु भुषालले गर्नुभएको थियो ।

सो अबसरमा जिल्लामा रहेका पत्रकार हरुलाइ सहयोग गर्ने उद्देश्य ले प्रेस चौतारी पत्रकार कल्याणकारी कोष स्थापना गरिएको छ भने कोषका लागि आज ४० हजार रकम जम्मा भएको जिल्ला कोषाध्यक्ष माधव प्रसाद घिमिरेले जानकारी दिनु भयो |

सुरेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
1
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *