नेपाल आदिवासी जनजाति महासंघ सरावल गाउँ समन्वय समितिको अध्यक्षमा दोस्रो पटक भेषनारायण चौधरी निर्वाचित हुन भएको छ । सोमबार सरावल गाउँपालिका वाड नं. २ मा रहेको जावा ककरपतमा सम्पन्न् दोस्रो नगर अधिवेशनबाट चौधरी पुनः आगामी २ वर्षको लागि चयन हुनु भएको हो ।
सरावल गाउँ समन्वय समितिका अध्यक्ष भेषनारायण चौधरीको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका बरिष्ठ उपाध्यक्ष गुलाब प्रसाद चौधरीको प्रमुख आतित्थ्यमा दोस्रो अधिवेशन सम्पन्न् भएको हो ।
थप समाचार
उत्तमाया (सिता) तामाङ्ग, जङगि पथरकट्ट (कुसवाडिया) र बलदेवि सुनारी, चयन हुनु भएको छ । यस्तै सचिवमा देवराज राय चयन हुनु भएको छ भने कोषाध्यक्षमा चन्द्रकला चौधरी चयन हुनु भएको छ । यस्तै सहसचिवमा ३ जना क्रमश ज्योति थापा गरुङ्ग, सुनु कुमाल र सुकमाया कुमारी श्रेष्ठ चयन हुनुभएकाे छ ।
कार्यक्रममा आदिवासी जनजाति महासघंका निवर्तमान अध्यक्ष देवराज चौधरी, आदिवासी जनजाति यूवा महासघं लुम्बिनी प्रदेश कोषाध्यक्ष डोल कुमारी चौधरी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको गाउँ समन्वय समितिका सचिव देवराज रायले जानकारी दिनु भयो ।
डोल्मा
Be First to Comment