Press "Enter" to skip to content

विभिन्न महिला हिंसा बाहानमा, Nepal of Nepal

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महिलाहरु विभिन्न बाहानामा हिंसामा परिरहेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाले ११२औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर चन्द्राैटामा मंगलबार आयाेजना गरिएको एक कार्यक्रममा उनले यस्तो बताए ।

महिला माथि हुने विभेदलाई अन्त्य गर्न जाेड दिनुपर्ने बताउँदै हिंसा अन्त्य गर्दै महिला पुरुष समान हुनुपर्ने सदस्य केसीले बताए । सामाजिक न्याय तथा लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मुल नारा सहित आयोजित उक्त कार्यक्रममा केसीले महिलाहरु माथि अहिले पनि विभिन्न वाहानामा हिंसा हुने गरेको जनाए ।

घरको छोरा ढिलो आउँदा केहि नभन्ने छोरी तोकिएको समयम भन्दा केहि समय ढिलो भए अनेक शंका गर्ने समाजको प्रचलन रहेकाे भन्दै केसीले भने : `छोरीको तुलनामा छोराहरु धेरै विग्रेका छन् त्यसमा अभिभावकको ध्यान जान जरुरी छ´ । संविधानले महिलाका अधिकारहरु धेरै रहेकोेले त्यसलाई व्यवहारमा उतार्न सबै लागिपर्नुपर्ने उनले जोड दिए । जनप्रतिनिधिहरुको सवालमा पनि मेयर पुरुष भए उपमेयर महिला अनिवार्य हुनुपर्ने प्रवधान रहेकोेले महिलाहरु जागरुक हुनुपर्ने बताए ।

International-Women-Day

कार्यक्रममा बोल्ने वक्ताहरुले पालिकाहरुले महिला शसक्तिकरणमा जोड दिनुपर्ने बताएका थिए । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले समाजमा अझै पनि महिला माथि विभिन्न विभेदका घटनाहरु भइरहेको जनाए । यसैबीच महिला अधिकारकर्मी मिना परियारले महिलाहरुलाई नेृत्व दिन नचाहाने तत्व समाजमा रहेकोले त्यस विरुद्ध सबै महिला एकजुट हुनुपर्ने बताइन् । कार्यक्रमका अध्यक्ष तथा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले हक अधिकारको लागि लड्नुपर्ने भन्दै यसमा आफू नगरका सबै महिलाहरुको साथमा रहेकाे उनले दावी गरिन् ।

शिवराज नगरपालिका वडा १ का अध्यक्ष जगत जिसी,वडा न २ का अध्यक्ष राम बहादुर चौधरी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका महासचिव दमन भाट लगायतले महिलाहरु नेतृत्वको लागि अग्र पंक्तिमा आउनुपर्नेमा
जोड दिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *