Press "Enter" to skip to content

किन लाेप हुँदैछ बरघर प्रथा ? News of Nepal

समय परिवर्तनसँगै समाज लगायत विभिन्न क्षेत्र प्रभावित हुनु स्वाभाविक हाे । तर समाजमा रहेका विकृति फैलाउने खालका पुराना परम्परालाई त्याग्दै केही असल वा माैलिक पहिचान झल्किने रीतिरिवाजलाई परिमार्जन गरिनु बुद्घमानी हुन्छ । “चार वर्ण छत्तीस जातको फूलबारी” मानिने देश हाे हाम्रो नेपाल । त्यसै अन्तर्गत रहेकाे थारु समुदाय जुन विश्वमा नै साँस्कृतिक तवरले निकै धनी नरहेकाे पक्कै पनि छैन् । विश्वकै इतिहासमा नेपालकाे शिर उच्च कायम राख्न थारु संस्कृतिकाे समेत उत्तिकै उल्लेखनीय याेगदान छ ।

पूर्व मेची देखि पश्चिम महाकाली सम्मका थारु जातिले मनाउने चालचलन भाैगाेलिक विविधता अनुसार केही फरक भए पनि लगभग अधिकांश चाँडपर्व लगायत रीतिरिवाज कायमै रहकाे जानकारहरू बताउँछन् । जसमध्ये एक विशेष हाे “बरघर” प्रथा वा प्रणाली । थारु बाहुल्य रहेकाे क्षेत्रमा यस प्रणालीले ठूलाे स्थान ओगटेको हुन्छ । सामान्यतया अहिले याे चलनले स्थान छाड्दै गएकाे अवस्था छ । यसै सन्दर्भमा पश्चिमी क्षेत्रलाई नियाल्दा कपिलवस्तुको केही भागमा मात्रै लागू भएकाे पाइन्छ “बरघर” प्रणाली । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. २, लाेहराैलामा खासगरी थारु बस्ती रहेकाेले हाल सम्मै कायम रहन सफल भएकाे बताइन्छ ।

जिल्लाकै विकट एरिया मानिने लाेहराैला गाउँका बरघर कृष्ण बहादुर थारुले विगत एक दशक बढी गाउँका बरघर भएर जिम्मेवारी समाहाल्दै आएकाे बताए । आफूले विगतमा गरे भाेगेका सामाजिक क्रियाकलापकाे अनुभव सुनाउँदै पछिल्लो समय राजनीतिक चलखेल भएकाेले काम गर्न एकदमै सकस भएकाे उनले सुनाए । राजनैतिक दबाबले गर्दा बरघर प्रथा झनै कमजाेर हुनुका साथै चुनाैतीपूर्ण बन्दै गएकाे समेत बरघर थारुले बताए । उनले भने “देशमा राजनैतिक दबाबले गर्दा समाजकाे आवश्यकता अनुसार काम गर्न निकै जटिलता छ” ।

Barghar System

थारु समुदायमा बरघर प्रणाली परापूर्व कालदेखि नै चल्दै आएकाे छ । विशेषगरी थारु जातिले माघ महिनामा मनाउने नयाँ बर्ष वा माघी पर्वमा घर बाँडफाँड गरिनु देखि लिएर आर्थिक बर्ष अर्थात् नयाँ बरघर चुन्ने चलन रहेकाे थारु अगुवाहरुकाे भनाइ छ । यस प्रणालीले सुमदायका लागि एकताको राम्रो सन्देश दिँदै हरेक गतिविधि चुस्तदुरुस्त बनाउनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाे पाइन्छ । थारुकाे हक र अधिकारका लागि स्थापना भएका थारु कल्याणकारीणी सभा लगायत अन्य थारु समाजमा अग्रणी भुमिका खेल्ने संघ संस्थाहरुले बरघर नभएकाे ठाउँमा बरघर स्थापना गरि हालसम्म लागू रहेकाे याे प्रणालीलाई थप बलियाे बनाउन बैधानिक गराउनुपर्ने भन्दै सरकार पक्षलाई थारु अगुवाहरुले दबाब दिनुका साथै माग गर्दै आएका छन् ।

बरघर प्रथाकाे महत्त्व

बरघरले समाजकाे आवश्यकता अनुसार नेतृत्वदायी अग्रणी भुमिका खेल्ने गर्छ । थारु समुदायकाे हरेक क्रियाकलाप चुस्तदुरुस्त राख्दै समुदायमा घटेका हरेक घटना परिघटना आन्तरिक रुपमा मेलमिलाप गराउनुका साथसाथै एकरुपताकाे सन्देश प्रवाह गर्छ । बरघरले भने अनुसार समुन्नत समाजमा रुपान्तरण गर्नुमा अहम भूमिका खेल्ने गर्छ । समुदायमा एक्यवद्धता कायम गर्दै विकासमा समेत प्रभावकारी कदम चाल्न बरघर प्रथाले मद्दत पुग्ने हुनाले यसकाे बेग्लै महत्त्व रहेकाे छ ।

किन लाेप हुँदैछ बरघर प्रथा ?

पछिल्लो समय बरघर प्रथा वा प्रणाली नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लाेप हुँदै गएकाे देखिन्छ । पुर्खाैँ देखि चलिआएको रीतिरिवाजलाई सहजरुपमा नयाँ सन्ततिलाई क्रमबद्ध तरिकाले नेतृत्व गराउन नसकिनुले लाेप हुँदै गएकाे पाइन्छ । सरकारले याे चलनलाई बैधानिक रुप नदिनु सरकार पक्षकाे कमजाेरी हुना जान्छ । गाउँघरका जिम्मेवारी थुप्रै हुँदै जानुका साथै आयस्रोत नहुँदा बरघरकाे काम छाेडेर विस्थापित हुनुपर्ने बाध्यता छ । यस प्रथा वा चलन राम्राे भए पनि हालकाे पुस्ताले झमेला मानेर जिम्मेवारी लिनबाट पन्छिन खाेजिएकाे र सरल रुपमा नस्वीकार्नुले बरघर प्रथा लाेप हुँदै गएकाे अवस्था विद्यमान छ ।

Barghar System  2

पुनः चलाएमान बनाउनुमा थारु अगुवाकाे भूमिका

यस प्रथाबारे समुदायस्तरमा समेत प्रचारप्रसार गरि स्थानीयलाई जागरुक गराउँदै सामाजिक हितका लागि रीतिरिवाज संरक्षण तथा प्रबर्द्धन गर्नु प्रयत्न गर्नुपर्दछ । थारु समुदायका आम नागरिकलाई भेला गराई एकजुट पारी थारु बाहुल्य रहेकाे बस्तीमा बरघर स्थापना गर्दै हाल सम्म कायम रहेका बरघर चलनलाई थप सशक्त बनाउँदै सहयाेग गरी समृद्ध बनाउन प्रभावकारी भुमिका खेल्नुपर्ने देखिन्छ । आफ्नाे हक, अधिकार प्राप्तिका लागि यस प्रथालाई निरन्तरता दिई बैधानिक ढङ्गले अगाडि बढाउन सरकारसँग माग गर्न जरुरी छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *