कपिलवस्तुको शिवराज-४, खरेन्द्रपुरमा अवस्थित समयथान माध्यमिक विद्यालयलाई २० थान पंखा हस्तान्तरण गरिएको छ । नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाले साे विद्यालयलाई २० थान पंखा सहयोग स्वरुप हस्तान्तरण गरिएकाे शाखा प्रमुख नवराज आचार्यले जानकारी दिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समयथान माविमा आयाेजना गरिएको कार्यक्रममा पंखा हस्तान्तरण गर्दै शिवराज नगरपालिकाका प्रमुख…