Press "Enter" to skip to content

नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाको प्रसंसनीय योगदान, News of Nepal

कपिलवस्तुको शिवराज-४, खरेन्द्रपुरमा अवस्थित समयथान माध्यमिक विद्यालयलाई २० थान पंखा हस्तान्तरण गरिएको छ । नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाले साे विद्यालयलाई २० थान पंखा सहयोग स्वरुप हस्तान्तरण गरिएकाे शाखा प्रमुख नवराज आचार्यले जानकारी दिए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समयथान माविमा आयाेजना गरिएको कार्यक्रममा पंखा हस्तान्तरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बैंकहरु रकम लेनदेनको मात्र कारोबार गर्ने गरेपनि अब सामाजिक काममा केहि रकम खर्च गर्नुपर्ने बताए । नेपाल बैंकले एक विद्यालयलाई पंखा सहयोग गरि विद्यार्थीहरुको अध्यापनमा सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गर्दै नेपाल बैंकले जस्तै अन्य बैंकले पनि विविध सामाजिक कार्यमा लागनी गर्न उनले आग्रह गरे ।

यस्तै नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुुसालले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरेको बताए । पंखाको अभावले विद्यार्थीहरुलाई गर्मी मौसममा पढन समस्या भएकोले यस विद्यालयलाई छनोट गरि सहयोग गरेको जनाए ।

उक्त विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद गैरेले विद्यालयलाई विद्युतिय सामाग्री सहयोग गरेकोमा धन्यवाद दिए । नयाँ बनेका संरचना तथा पुराना विद्युतिय सामाग्रीहरु विग्रीएकाले अब यी पंखा जडान पश्चात शिक्षण क्रियाकलापमा सहज हुने बताए । साथै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक लगायत स्थानीय जनप्रतिनिधिहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
समाचार फैलाउनुहोस्

Be First to Comment

Leave a Reply

Your email address will not be published.