Press "Enter" to skip to content

ग्राहकलाई लक्षित गरि मेगा बैंक अब चन्द्राैटामा , News of Nepal

कपिलवस्तुको चन्द्राैटामा मेगा बैंक नेपाल लिमिटेडकाे नयाँ शाखा विस्तार भएको छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्रौटामा शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको शुभाराम्भ गरिएको छ ।

स्थानीय पालिका लगायत सम्बन्धित क्षेत्रीलाई टेवा पुर्‍याउने उद्देश्य सहित ग्राहकहरुकाे सेवालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको शाखा प्रबन्धक नारायण पन्थीले बताए । शुभारम्भ भएकाे पहिलाे दिनमा नै उत्साजनक काराेबार भएकाे बताउँदै स्थानीय आम नागरिकलाई लक्षित गरि बैंकले गुणस्तरीय सेवा प्रभावकारी बनाउने समेत प्रबन्धक पन्थीले जनाए ।

देशैभरि शाखा नभएकाे स्थानमा विस्तार गर्दै चन्द्राैटा शाखा सहित बैंकको २०१औं शाखा विस्तार गरिएको बैंकले जनाएकाे छ । मेगा बैंकले चालु आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरि सेवा प्रवाह गर्दै आइरहेको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
समाचार फैलाउनुहोस्

Be First to Comment

Leave a Reply

Your email address will not be published.