Press "Enter" to skip to content

सडक डिभाइडर व्यवस्थापन गर्न स्थानियको माग , News of Nepal

कपिलवस्तुको चन्द्राैटा बजारमा राखिएको डिभाइडरले दुर्घटना बढ्दै गएपछि स्थानीय युवाहरुले व्यवस्थापनकाे माग गरेका छन् । जिल्लाको ठूलाे बजार मानिने शिवराज नगरपालिका-५, चन्द्राैटा बजारमा राखिएको डिभाइडरले दिनप्रतिदिन दुर्घटना हुँदै गएपछि यस क्षेत्रका युवाहरूले गम्भीरताका साथ लिएका छ्न् ।

damage roads Nepal

डिभाइडरले दुर्घटना निम्त्याएको भन्दै व्यवस्थापनका लागि शुक्रबार शिवराज नगर प्रमुखको ध्यानाकर्षण गराउँदै पत्र बुझाएका छन् । गत राती स्थानीय युवा दुर्घटनामा परेपछि युवाहरु आक्रोशित हुँदै सडकमा राखिएको डिभाइडर ढलाएर विरोध जनाएकाे स्थानीय युवा नेता सराेज पाैडेले बताए ।

damage roads Nepal

स्थानीय युवा नेता सरोज पौडेल, गणेश जि.सी. र कमल गिरी लगायत युवाहरुले नगर प्रमुख नेत्रराज अधिकारीलाई ध्यानाकर्षण गराएका छन् । नगर प्रमुख अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेता पाैडेलले भने :-“सडकमा अत्यधिक दुर्घटना बढेको छ । हामीले व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण पत्र दिएका छौँ, आशा गराैँ छिट्टै समस्याको समाधान हुनेछ” ।

यता नगर प्रमुख अधिकारीले पत्र बुझ्दै सडक डिभिजनले व्यवस्थापनप्रति खासै चासो नदिएकाे र आफूले पटक-पटक जानकारी गराएको बताए । आफूले सडक सफाइ र डिभाइडर लगायतका बिषयमा जानकारी गराएको बताउँदै एकदमै सक्रियताका साथ पुनः पहल गर्ने समेत उनले प्रतिबद्धता जाहेर गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
समाचार फैलाउनुहोस्
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published.