Press "Enter" to skip to content

थारू समुदायमा ज्ञानू थारू किन? News of Nepal

थारु समुदायकाे एकदमै लाेकप्रिय हस्तकला सामाग्री हाे ढकिया । ढकियासँगै पछिल्लो समय साे समुदायले विगतमा प्रयाेग गर्दै आएका त्यस्ता थुप्रै सामाग्री लाेप हुँदै गइरहेको छ । नकारात्मक चालचलनलाई त्याग्दै समाजमा सकारात्मक प्रभाव पर्ने खालकाे हस्तकला लगायतका रीतिरिवाज तथा संस्कार अनुसरण गर्नु आजकाे आवश्यकता हाे । यसलाई युवा पुस्ताले जिम्मेवारीका साथ वहन गर्नुपर्छ ।

यस्तै जिम्मेवारी वहन गर्दै कपिलवस्तुकी एक २७ बर्षिय युवती उदाहरण बनेकी छन् । बुद्घभुमि नगरपालिका वडा नं.९, बरकुलपुर घर भएकी युवती हुन् ज्ञानु थारु । उनी विगत केहि बर्षदेखि किर्डाक नेपाल लगायतकाे संघ संस्थाकाे सहयाेगमा सीप सिकिन् । सामान्य परिवारमा हुर्केकी ज्ञानु अध्ययनसँगै सीपलाई निरन्तरता दिँदै स्नातक तह पुग्दै अनुभव बटुलिन । स्थानीय स्राेतसाधनकाे प्रयाेग गरेर उत्पादन भएका वस्तुले राेजगारीका अवसर सिर्जना गर्नुका साथै आम्दानी आयआर्जनकाे उनकाे मुख्य पाटाे बनेकाे छ उनकाे ।

अनुभवलाई साथीभाइसँग शेयर गर्दै केही साथी त केही घर परिवारकाे सहयाेग र हाैसलाले ज्ञानुलाई व्यावसायिक रुप दिएकाे छ । घरमै उत्पादन गरेकाे हस्तकला सामाग्रीलाई परम्परागत तरिकाले राखिने गरिन्थ्यो तर केही दिन पहिले उनी व्यावसायिक रुपमा हस्तकला सामाग्रीलाई परिणत गर्ने सहासका साथ हिम्मत गरिन । फुर्सदिलाे समयमा घर बस्दा थारु समुदायका महिलाले जंगलमा पाइने मुज (खर) र बजारमा पाइने माेती(प्लास्टिक दाना) र ढागाे प्रयाेग गरेर ढकिया लगायतकाे हातले निर्मित गरिने गरिन्छ ।

ग्रामिण भेग सामान्य परिवारमा हुर्केकी ज्ञानु अहिले आफ्नै खुट्टामा उभिन सफल भएकी छिन् । यस क्षेत्रमै पहिलोपटक यसरी थारु सुमदायमा लाेप हुँदै गएकाे ढकिया लगायतका सामाग्रीलाई जर्गेना गर्ने हेतुले नमुन काम गरेकी उनी भन्छिन् :- `हामी परम्परागत तरिकाले पुर्खाैँदेखि हस्तकला बनाउँदै आएका छाैँ तर अब आधुनिक ढङ्गले व्यावसायिक गर्नुपर्छ´ । पहिलाे पटक यसरी आफूलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गर्न घर परिवार लगायत साथीेले सुझाएकाे उनले अनुभव सुनाइन् ।

Gyanu tharu

पछिल्लो समय थारु समुदायका युवा पुस्ताले जिम्मेवारी लिनबाट पन्छिएकाे बताउँदै समाजकाे नेतृत्व युवाले लिनुपर्ने उनले बताइन् । स्थानीय सामाग्री भएकाे हुनाले बाह्य ग्रहकहरुकाे ढकिया, पेन हाेल्डर, राेटी डानी, टाेपी, लेंहगा र थारु गहना लगायत सामग्री खरिद गर्न आउने गरेकाे उनी बताउँछिन् । थारु हस्तकला सामाग्रीलाई आफूले प्राेत्सहन गर्ने हिसाबले स्थानीय स्तरमा उत्पादन भएका ती वस्तु (सामाग्री) तथा गतिविधिलाई अगाडि बढाउने जनाउँदै काठमाडौंतिरका संघ संस्थासँग समन्वय गरिरहेका थारुले जानकारी दिइन् । नेपाली ग्रहकभन्दा विदेश ग्रहणहरुकाे बढी आकर्षक र खरिद राम्रो रहेकाे समेत बताउँदै आम नागरिककाे मागलाई मध्यनजर गर्दै आवश्यक सामाग्रीकाे उत्पादन गरि स्थानीयलाई राेजगारीका अवसर सिर्जना गर्ने उनकाे याेजना रहेकाे बताइन् । घरमा आमा र बुवा सहित घरमा ६ परिवार रहेकाे जनाउँदै पसलबाट सन्ताेषजनक आम्दानी भइरहेको उनले जनाईन् ।

यस्तै स्थानीय हेमन्त थारुले थारु जातिका लागि ज्ञानुले निकै सह्रनिय कार्य गरेकाे प्रशंसा गरे । उनले यस क्षेत्रकाे मात्र नभएर सिंगाे थारु समुदायकाे पहिचान जाेगाउने भुमिका खेलेकाे बताए । स्थानीय स्राेत साधनको प्रयाेग गरेर राेजगारीका अवसर सिर्जना गर्नुकाे साथै आम्दानीकाे राम्रो पाटाे भएकाे समेत हेमन्तले उल्लेख गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
समाचार फैलाउनुहोस्

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *