Press "Enter" to skip to content

मदरसालाई मुलप्रवाहमा ल्याउन जाेड : प्रमुख भुसाल

सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुकाे टाेलीले राष्ट्रिय मदरसा पुस्तकालयको अनुगमन गरेकाे छ । बिहीबार कार्यालय प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनियर ॠषिराम गौतम, सब इन्जिनीयर निरोज यादव लगायतको टोलीद्वारा जामिया सिराजुलवलुम अलसल्फीया कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर तथा पुस्तकालयको स्थलगत अनुगमन गरिएकाे जनाइएको छ ।

अनुगमनका गर्देै प्रमुख भुसालले मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा ल्याई मदरसामा अध्ययन गरेका विद्यार्थीहरुलाई राष्ट्रिय भाषाकाे शिक्षामा जाेड दिनुपर्नेमा बताए । मुस्लिम समुदाय‌को सहभागिता राजनितिक तथा सरकारी रोजगारहरुमा न्युन रहेकोले आगामी दिनमा युवा पिढीलाई प्राथमिकतामा राखी अघि बढाउनुपर्ने उनले बताए ।

जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका प्रवक्ता मशहुद खाँ नेपालीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी, शिक्षा विज्ञान युवा तथा खेलकूद मन्त्रालयका मन्त्री वसिउद्दीन खां लगायत योजनाकाे पहल गरिदिएकाेमा आयोगका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मदरसालाई मुलधारमा ल्याई मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउनको लागि प्रतिबद्धता समेत जाहेर गरे ।

राष्ट्रिय मदरसा पुस्तकालयका अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खाँ नेपाली, राष्ट्रिय मदरसा संघ नेपालका सदस्य मौलाना‌ जहीर अहमद बरेलवी, कृष्णानगर नगरपालिका उप-प्रमुख सल्लाहकार तुफेल आलमले समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका टाेलीलाई स्वागत गरि दोसल्ला ओढ़ाई सम्मान समेत गरिएको बताइएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेका मदरसा तथा धार्मिक पुस्तकालयहरुलाई थप व्यवस्थित बनाउनको लागि प्रयास गर्दै आएकाे र आवश्यक स्थानहरुमा बजेट समेत विनियोजन गरिरहेका प्रवक्ता नेपालीले बताए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
समाचार फैलाउनुहोस्

Be First to Comment

Leave a Reply

Your email address will not be published.