Press "Enter" to skip to content

शिवराजका कृषकलाई कृषि औजार, News of Nepal

कपिलवस्तुकाे एक वडा कार्यालयले स्थानीय कृषकलाई कृषि औजार तथा ह्यान्ड पम्प वितरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिकाकाे ११ नं. वडा कार्यालय थुन्हियाले वडाभित्रका कृषकलाई कृषि औजार वितरण गरेकाे वडाले जनाएकाे छ ।

वडाभित्रका कृषकलाई ३१ जनालाई स्प्रे ट्यांकी, ३५ जनालाई चरा मेसिन, ७० जनालाई ह्यान्ड पम्प वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।

शिवराज नगरपालिका कृषि शाखाका प्रमुख तारा चन्द चाैधरीले कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेकाे बताए । आगामी दिनहरूमा कृषि प्रविधियुक्त उपकरण विशेष प्राथमिकतामा राखेर वितरण गर्दै जानुपर्ने चाैधरीले बताए । अत्याधुनिक कृषि औजार तथा उपकरण बिना किसानले कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म उत्पादनलाई बृद्धि गर्न नसकिने उनले दावी गरे । कृषकहरूलाई कृषिजन्य सामग्रीलाई सही सदुपयोग गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सुझाए ।

Agriculture equipments

यसैबीच नेपाली कांग्रेसका नेता प्रेम बहादुर रायमाझी, सुरेन्द्र जयसवाल लगायतले कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकांश कृषक कृषि पेशामा आत्मनिर्भर रहेकाले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गरि लगानी गर्नुपर्ने बताएका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
समाचार फैलाउनुहोस्

Be First to Comment

Leave a Reply

Your email address will not be published.