Press "Enter" to skip to content

यहाँ पनि सरकारको ध्यान गएन, News of Nepal

नगरपालिकामा न विधुत्, न पानी, नत सञ्चार सुविधा । त्यै पनि वडा नम्बर एककाे चाेरखाेला बस्तीमा बर्षाैँदेखि नागरिकहरु जीवन व्यायतित गरिरहेका छन् ।

कपिलवस्तुको चाेरखाेला बासी अन्धकार जीवन जिउन बाध्य भएका हुन् । चोरखोलामा अहिलेसम्म विद्युत नपुग्दा स्थानीय नागरिकहरु अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकाे छ । जिल्लाको शिवराज नगरपालिका वडा नं.१ अन्तर्गत पर्ने चोरखोलाका बसिन्दाहरु अहिलेसम्म अन्धकारमा बस्दै आएका छन् ।

कपिलवस्तु जिल्लाकै ठूलाे बजार मानिने चन्द्राैटा बजारदेखि करिब १५ किलोमिटर लुम्बिनी प्रदेशकाे राजधानी भालुबाङसँग जाेड्ने पुर्व पश्चिम राजमार्गकाे छेउमै रहेको चोरखोला बस्तीमा विद्युत नहुँदा त्यहाँका नागरिक समस्या झल्दै आएका छन् । त्यसैगरी शुद्धखानेपानीको व्यवस्था नहुदाँँ समेत नागरिकहरु दुषित पानी पिउन बध्य भएको स्थानीय बताउँछन् । शुद्धखाने पानीको व्यवस्थापन स्थानिय सरकारले गर्नुपर्ने हो तर शिवराज नगरपालिका यस विषयमा बेखबर रहेकाे स्थानीयले आरोप समेत लगाए ।

अन्धकारमा बस्ने र दुषित पानी खाने समस्यासँगै औषधी उपचारको अभावसगैँ मोबाइलको नेटवर्क नटिप्दा चोरखोलाबासी झनै पिडित भएका छन् । औषधी उपचारको लागि समेत टाढा जार्नु पर्ने र मोबाइलको टावरको लागि रुख चढ्नुपर्ने बध्यता रहेको स्थानिय एम. वि. सुनार (सेन्चुरी) ले बताए । चोरखोलाबासी विद्युतको लागि पटक पटक सम्बन्धित निकायमा धाउँदा समेत गर्न कुनै प्रतिक्रिया नआएको उनले जनाए । पटक पटक विद्युत प्राविधकरण कार्यालय कृष्णनगरलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको सुनारले गुनासो गरे ।

Dark side of Nepali 2

चोरखोलामा विद्युत प्रवाहका लागि जनता समाजवादी पार्टीका नेता कृष्ण कुमार चौधरी, रहिश शाह र विद्युतका कर्मचारीको नेतृत्वमा केही महिना पहिले अनुगमन समेत गरिएको जनाइएको छ । अनुगमन टोलीले चाँडै विद्युतको कार्य सुरु गर्ने जसपाका नेता रहिश शाहले बताए । चोरखोलामा विद्युत, मोबाइल टावरको विषयमा आफूहरुले सम्बन्धित निकायमा पहल गरिरहेकाे नेता शाहले जनाए ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले आफूले चाहेर पनि चाेरखाेला बासीका लागि बजेट विनियोजन गर्ने नसकेको बताए । जतिसक्दो छिटाे विधुत्, खानेपानी र माेबाइल नेटवर्ककाे समस्याको समाधान गर्ने बताउँदै थाेरै बस्ती लगानी बढी लाग्ने भएकाेले हुनाले जटिलता हुँदै आएकाे उनले जिकिर गरे ।

यता विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख कमर आलमले विद्युतको लागि पहल गरिरहेको बताउँदै आफूसँग बजेट आभावरहेकाे बताए । थाेरै बस्ती रहेकाे स्थानमा धेरै लगानी लाग्ने भएकाले विधुत पुर्‍याउन असहज भएकाे समेत प्रमुख आलमले जनाए । त्यस क्षेत्रको अनुगमन गरी प्रतिवेदन निर्माण गरेकोले केही महिनामा विद्युत लगाउने कार्य सुरु हुने विद्युत प्राधिकरण कृष्णनगरले जानकारी दिएकाे छ । चोरखोला गाँउमा करिब ३५ घर परिवार विधुत, खानेपानी र माेबाइल नेटवर्क लगायतको समस्या झेल्दै आइरहेका छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
समाचार फैलाउनुहोस्

Be First to Comment

Leave a Reply

Your email address will not be published.